२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला



बुटवल ।

रुपन्देहीको सैनामैना १ बोलबम मार्गमा एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्गदेखि करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेको अवस्थामा फेला परेपछि स्थानीयले प्ररीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय रनौरा मुर्गियाका प्रमुख जीवन लामिछानेका अनुसार बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना(४ सदवोदराका ३० वर्षीय दिपक कुमाल बाटोमा लडेर मृत्यु भएको हो । घटनाको प्रकृति हेर्दा आफै अनियन्त्रित भई सडक छेउमा लडेको देखिन्छ भने उनको निधारमा सामान्य चोट समेत लागेको लामिछानेले बताए । शवलाई थव अनुसन्धानका लागि पोस्टमार्टम गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

सैनामैना(४ मा घर भएका उनी सैनामैनाकै वा नम्बर(१ मा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार बुधबार साँझ करिब ९र१० बजेको समयमा कोठामा जानका लागि घरबाट हिँडेका थिए । घरमै मदिरा सेवन गरेका उनी बीच बाटोमा समेत थप मदिरा सेवन गर्दा घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । परिवारले रातको करिब १२र१ बजेको समयमा सम्पर्क गर्दासम्म उनलाई फोन लागेको थियो ।

उता, तिलोत्तमाको मणिग्राममा घाइते भई व्यभारिसे अवस्थामा भेटिएका एक पुरुसको आज विहान मृत्यु भएको छ । सडक छेउमा घाइते अवस्थामा भेटिएका अन्दाजी ५०र५५ वर्षका पुरुषलाई स्थानीयले उद्दा गरि क्रिमसन अस्पताल मणिग्राम लगेका थिए । उक्त अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीका अनुसार उपचारकै क्रममा आज विहान ६ बजे उनको मृत्यु भएको छ । सडकमा मागी खाने जस्तो देखिने ती पुरुषको अन्य परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  १२ : ०८ बजे