२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

भारतको मणिपुरमा पहिरोः हालसम्म १८ शव फेला



एजेन्सी ।

भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर मर्नेहरूको संख्या १८ पुगेको छ।
यसैगरी १८ जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

पहिरोमा परी ५० भन्दा धेरै बेपत्ता भएको अनुमान गरिएको छ।

जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेसन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो।

भारतीय रेलवे, नागरिक प्रशासन, एनडिआरएफ, एसडिआरएफ र नोनी जिल्लाका स्थानीयहरू पनि खोजी कार्यमा जुटिरहेको छन्।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  ८ : ३८ बजे