४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

बर्दियाको सामुदायिक वनमा एक महिला मृत फेला



बर्दिया ।

जिल्लाको बासगढी नगरपालिका—४ स्थित जनचेतना सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी २४ र २५ वर्षीया महिलाको शव शुक्रबार फेला परेको जानकारी प्रहरीले शनिबार दिएको हो ।

गाडा, रातो रंग साधारण फिता भएको चप्पल लगाएकी ती महिला चप्पलसहित रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताए । महिलाले रातो रंगको कुर्ता र हरियो रंगकी सुरवाल लगाएको भेटिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शाहीले जामुनको रुखमा ती महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको बताए ।

शव सडेको हुँदा ती महिलाको ४–५ दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

महिलाको शवको परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  १२ : ५६ बजे