मायादेवी अनलाइन, जितपुर ।
वडावासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले उदाहरणीय कार्य गरेको छ ।
वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि टोल विकास संस्था, सुरक्षाकर्मी र अस्पताललाई डस्टविन वितरण गरेको छ ।
वडाका ११ वटा टोल विकास संस्था, ईलाका प्रहरी कार्यालय पिपरा र पिपरा अस्पताललाई डस्टविन प्रदान गरिएको वडाध्यक्ष वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
चालु आर्थिक बर्ष २०७८÷७९ को वडा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार सफा गाउँ सहर, हाम्रो अभियान भन्ने मुल नाराका साथ वडालाई स्वच्छ र सरसफाई युक्त बनाउने उद्देश्यले डस्टविन वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सुमित्रा दमै, वडा सदस्य कार्यपालिका सदस्य शान्ता पाण्डे, वडा सदस्य झिमलाल सापकोटा, प्रेम बहादुर रौतार, वडा सचिव नरेन्द्र पोख्रेल, विभिन्न टोल विकास संस्थाका अध्यक्ष, वालमैत्री सहजकर्ता रमा घिमिरे लगातयको उपस्थिती रहेको थियो ।
यस्तै वडा नं.२ ले पञ्चेबाजा समुहलाई पोशाक वितरण गरेको छ । विगतका बर्षमा वडामा पञ्चे बाजा समुह गठन गरि बाजा समेत वितरण गरेको वडाले अहिले पोशाक वितरण गरेको छ । कप्टैया पञ्चेबाजा समुह र जय शम्भु पञ्चेबाजा समुहमा आवद्ध सम्पुर्णलाई एक एक सेट नेपाली पोशाक प्रदान गरिएकोे हो ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, जिल्ला समन्वय समिति सदस्य सुमित्रा दमै, वडा सदस्य कार्यपालिका सदस्य शान्ता पाण्डे, वडा सदस्य झिमलाल सापकोटा, प्रेम बहादुर रौतार, वडा सचिव नरेन्द्र पोख्रेल लगायतले पोशाक वितरण गरेका थिए ।
पोषाक बितरण गर्दै वडा अध्यक्ष पौडेलले विभिन्न जातजाती भाषा, धर्म, संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनका लागि वडाले विशेष प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।







प्रतिक्रिया