७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पार्टी नेतृत्वको बेवास्ताका कारण अखिल (क्रान्तिकारी)का पदाधिकारीहरुको संयुक्त राजिनामा



बिक्रम विश्वकर्मा, तौलिहवा ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरुले संयुक्त राजिनामा दिएका छन ।

सोमबार अनेरास्वयु (क्रान्तिकारी) का जिल्ला उपाध्यक्षहरु विजय पौडेल (आभाष) र मधुसुदन गन्धर्भ, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिवहरु गोरखनाथ यादव र सुमन घिमिरेले संयुक्त रुपमा राजिनामा दिएको जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) भए पनि माओवादी केन्द्र कपिलवस्तुले विद्यार्थी संगठनलाई हरेक कुरामा बेवास्ता र छलकपट गर्दै संगठनको अपहेलना गरिरहेको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै विगत देखि नै पार्टी तथा नेतृत्वले संक्रियरुपमा संगठित विद्यार्थी कार्यक्रताको संरक्षण लगायतको सवालमा कुनै किसिमका चासो नदिएको आरोप लगाएका छन् ।

संगठन नेतृत्वहरुले पटक पटक जिल्लाका प्रमुख पार्टी नेतृत्वहरुसंग गुनासो राख्ने सन्दर्भमा छलफल तथा बैैठक बस्न खोजिरहदाँ समेत पार्टी नेतृत्वले आलटाल गरिरहेका कारण आफुहरुले नेतृत्व तहबाट संयुक्त राजिनामा दिएको बताएका छन्।

राजिनामा दिए पनि अन्याय, अत्यचार विरुद्ध लड्दै विद्यार्थी आन्दोलनको क्षेत्रमा निरन्तर लागि रहने प्रविबद्धता समेत जनाएका छन् ।

यस्तो छ राजिनामा पत्र

प्रकाशित मिति : २७ असार २०७९ सोमबार ००:००  ६ : ३५ बजे