बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ मा अवस्थित कोइलीचौर साना किसान सामुदायिक बन उपभोक्ता समूहले वृक्षारोपण गरेको छ ।
मंगलबार कोइलीचौर सामुदायिक बनको समन्वय तथा डिभिजन वन कार्यालय कपिलवस्तुको प्राबिधिक सहयोगमा कृषि तथा बृहत्तर हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको हो ।
कोइलीचौर साना किसान सामुदायिक बनको खाली क्षेत्र २० हेक्टर क्षेत्रफलमा टिक, मसला, खयर जस्ता विभिन्न प्रजातिका २४ हजार ५ सय २० बिरुवा वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, डिभिजन वन कार्यालय कपिलवस्तुका निमित्त जिल्ला बन अधिकृत मदन मोहन, सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख बसन्त थापा, वडा नं ९ का वडाध्यक्ष कमल पौडेल, छिमेकी सामुदायिक वनका अध्यक्षहरु विद्यार्थी, बनका उपभोक्ता लगायतले बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा वडा सदस्य चुरामणि अर्याल, बैज्ञानिक बन लुम्बिनी प्रदेशका संयोजक दिपक कुमार थापा, डिभिजन वन कार्यालय कपिलवस्तुका निमित्त जिल्ला बन अधिकृत मदन मोहन सिंजालीले जलवायु परिवर्तन, पर्यावरणको बिकास र आर्थिक उपार्जनका लागि बृक्षारोपण आवश्यक रहेको बताएका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा बाणगंगा नगरका प्रमुख चक्रपाणि अर्यालले जिल्लाकै जेठो तथा उत्कृष्ट नमुनायोग्य कोइली चौर सामुदायिक बनको प्रसंसा गर्दै बनको संरक्षण र दिगो बन बिकाससंगै बातावरणिय प्रभाव न्यूनीकरणको लागि बनको आवश्यकता रहनुको साथै बनले सिंगो वडालाइ संरक्षण गर्ने हुँदा बृक्षारोपण कार्यक्रम जरुरी रहेकोे बताएका थिए ।
कोइली चौर साना किसान सामुदायिक बनका अध्यक्ष हरिराज घिमिरेले बृक्षारोपण कार्यक्रममा सबै सहभागीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका उपाध्यक्ष देव बहादुर मगरको स्वागत कोषाध्यक्ष कुन्तामणि भुसाल र सचिव माधुरी गिरीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया