१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

कपिलवस्तुमा महिलाहरुको आत्मरक्षा बृद्धिगर्नका लागि तीन दिने तालिम



मायादेवी अनलाइन, चारनम्वर ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारका साथ राष्ट्रपति महिला खेलकुद अभिवृद्धि कार्यक्रम सिद्धार्थ क्याम्पसको सभाहलमा सुरु भएको छ । महिलाहरु लाई खेलकुदको क्षेत्रमा अघि ल्याउने उनिहरुको आत्मरक्षा बृद्धिगर्नका लागि यो तालिम सुरु गरिएको हो । विहिवार देखि सञ्चालन भएको तालिम तीनदिन सम्म चल्ने छ ।


खेलकुद अभिवृद्धि तालिमलाई लाई सम्बोधन गर्दै राष्ट्रिय खलकुद परिषद बोर्ड सदस्य नन्दा बस्यालले महिलाले पनि खेलकुदका क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको स्मरण गर्दै कपिलवस्तुका महिलाले पनि खेल क्षेत्र लाई प्रभावकारी ढगँ बाट अघि बढाए यस क्षेत्रमा राम्रो प्रगति हुने बताउनु भएको थियो । बस्यालले भन्नुभयो “सबै भन्दा महिलामा आत्मरक्षा आवश्यक हुन्छ ।” ‘त्यो हामिले विकास गर्नु पर्छ ।’ उहाँले आफुले खेल क्षेत्रमा गरेका संघर्षको उदाहरण दिदैँ महिलाको एक नेतृत्व देशको पहिचानको झण्डा विदेशमा फहराउन सफल हुनेमा विश्वस्त हुन सहभागिलाई आग्रह गर्नु भयो । यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जिल्ला संग जोडेर देशको नामलाई उच्च शिखरमा पु¥याउन सहभागिलाई शुभकामना दिनु भयो ।


आत्मरक्षा तालिमका लागि रुवि दंगाल र सुविना श्रेष्ठले प्रशिक्षण गराउनु हुनेछ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका उपाध्यक्ष गोविन्दी थारुको अध्यक्षता, राष्ट्रिय खेलकुद परिषद (राखेपका) बोर्ड सदस्य नन्दा बश्यालको प्रमुख आतिथ्यता, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमा सिद्धार्थ क्याम्पसका सहायक प्रधानाध्यापक राजकुमार अर्याल, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, हर्ट विट एफ.एम.का स्टेसन म्यानेजर हरि घिमिरे, र संचारकर्मि विमल गैरे लगायतको आतिथ्यता रहेको थियो ।
खेल प्रशिक्षक हेमन्त श्रेष्ठको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेलले गर्नु भएको थियो । तालिममा विभिन्न विद्यालयका विध्यर्थीहरुको उपस्थिती रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  ८ : २६ बजे