२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास



एजेन्सी ।
इङ्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन्।

विश्वकप विजेता स्टोक्सले मंगलबार डर्हाममा दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको उद्घाटनपछि उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन्।

इंग्ल्यान्डलाई सन् २०१९ मा पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जिताएका बायाँ हाते ३१ वर्षीय अलराउन्डर स्टोक्सले अन्य खेलाडीलाई अवसर दिन आफूले सन्यास लिने बताएका हुन्।

‘म मंगलबार डर्हाममा इङ्ल्यान्डका लागि अन्तिम एकदिवसीय खेल खेल्नेछु। मैले क्रिकेटको यो संरचनाबाट सन्यास लिने निर्णय गरेका छु । यो मेरो अहिलेसम्मकै कठिन निर्णय हो,’ स्टोक्सले भनेका छन्।

अघिल्लो महिना मात्र टेस्ट कप्तानमा नियुक्त भएका उनले टेष्ट र ट्वान्टी(ट्वान्टी खेल भने खेल्नेछन्।

आफ्नो पहिलो कप्तानीमै न्युजिल्यान्डविरूद्धको तीन टेस्ट खेलको सिरिजमा क्लिनस्विप गरेका उनले टेस्ट र टी २० मा शतप्रतिशत दिने बताएका छन्।

अहिलेसम्म क्रिकेटमा अविश्वसनीय यात्रा गरेको भन्दै आफूलाई यो निर्णय लिन कठिन भएको उनले बताएका छन्। ‘मलाई इंग्ल्यान्डका खेलाडीसँग खेल्न धेरै मनपर्छ । हामीले अविश्वसनिय यात्रा गरेका छौं’, स्टोक्सले भनेका छन्, ‘यो गर्न अविश्वसनीय रूपमा कठिन निर्णय भएको छ।’

सन् २०११ मा आयरल्यान्ड विरूद्ध डेब्यू गरेका उनले १०४ एकदिवसीय खेलमा तीन शतक सहित २९१९ रन बनाएका छन्। यस्तै उनले ७४ विकेट लिएका छन्। यसक्रममा उनको ब्याटिङ औसत ३९।४४ को थियो।

पछिल्लो पटक उनले भारतविरूद्ध एक दिवसीय खेलेका थिए।

भारत विरुद्ध इंग्ल्याण्ड २(१ ले पराजित भएको थियो। जसमा उनले तीन पारीमा ४८ रन मात्र बनाए भने तीन ओभर मात्र बलिङ गरेका थिए।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ७ : ४८ बजे