२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाणगंगाका थारु दम्पतीलाई फाउण्ड परियोजनाको आर्थिक सहयोग



बाबुराम रायमाझी, भलवाड ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौवाह टोलका अपाङ्गता भएका परिवारलाई व्यवसाय संचालनका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

बाणगंगा ९ चौवाह टोल बस्ने दामोदर थारु र जगरानी थारुलाई द लेप्रोसी मिसन नेपाल अन्तरगत फाउन्ड परियोजना बुटवलले दुबै दम्पतीलाई बंगुर ब्यबसाय संचालनका लागि ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

परियोजनाका परामर्शकर्ता गीता अर्यालले र वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले संयुक्त रुपमा ५० हजारको चेक थारु दम्पत्तीलाई प्रदान गर्नुभएको थियो ।

फाउन्ड परियोजना, नेपाल राष्ट्रिय अपांग महासंघ, उद्योग बाणिज्य महासंघको साझेदारीमा संचालित प्रोजेक्ट अन्तर्गत अपांगता भएका ब्यक्ति, कुष्ठ रोगबाट प्रभावित ब्यक्तिलाई रोजगारीको सिर्जना गर्ने र उनीहरुलाई स्वरोजगार बन्नमा सहयोग गर्दै आएको परियोजनाका रोजगार परामर्शकर्ता गीता अर्यालले जानकारी दिनुभयो । सोही कार्यक्रम अन्तर्गत थारु परिवारलाई पनि आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वडाध्यक्ष कमल पौडेलले आफ्नो वडामा रहेका विपन्न अपांग परिवारलाई फाउन्ड परियोजनाद्वारा बंगुर व्यवसाय संचालनार्थ उनीहरुको जिबिकोपार्जनका लागि सहयोग गरेकोमा परियोजना प्रति धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०७९ बिहिबार ००:००  ६ : २६ बजे