४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सात दिने भर्चुअल आधारभूत मौरीपालन तालिम सुरु



कपिलवस्तु ।
‘सम्मानित र आत्मनिर्भर जीवनयापनका लागि ब्यवसायिक मौरीपालन’ भन्ने मूल नारा सहित सात दिने भर्चुअल आधारभूत मौरीपालन तालिम सुरु भएको छ ।

बेष्ट नेचर मल्टिप्रपोज प्रालि काठमाण्डौ र शाखा कार्यालय कपिलवस्तुको आयोजना, नेपाल मौरी पालन केन्द्रिय सहकारी सघं लिमिटेड काठमाडौंको सहकार्यमा शनिबारबाट सात दिने तालिम सुरु भएको हो ।

तालिमलाई प्राबिधिक बिशेषज्ञको रुपमा मौरीपालन बिकास केन्द्र गोदावरीले सहयोग गरेको छ ।

बेष्ट नेचर मल्टिप्रपोज प्रालिकाकी अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव याम नारायण देवकोटाको प्रमुख आतिथ्यता, नेपाल मौरी पालन केन्द्रिय सहकारी संघका अध्यक्ष शम्भु बहादुर कार्की, नेपाल मौरीपालक महासंघका केन्द्रिय अध्यक्ष शिव प्रसाद पौडेल, मौरीपालन बिकास केन्द्र गोदावरीका प्रमुख लक्ष्मी खरेलको विशिष्ट आतिथ्यतामा तालिमको शुभारम्भ गरीएको हो ।

यस्तै कार्यक्रमममा नेपाल मौरी पालन केन्द्रिय सहकारी सघं लिमिटेडका निवर्तमान अध्यक्ष तथा तालिमका प्रमुख प्रशिक्षक अर्जुन प्रसाद पोख्रेल, मौरी बिकास केन्द गोदावरीका पूर्व प्रशिक्षक धुब्र काकी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष भेषराज पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका लुम्बिनी प्रदेश सचिव याम नारायण देवकोटाले भर्चुल तालिमले मौरीपालन कृषकहरुको लागि सिप वृद्धि भन्दा पनि ज्ञान वृद्धिमा निक्कै सहयोग गर्ने बताए ।

मौरीपालनमा देशमै सबैभन्दा अघि रहेको लुम्बिनी प्रदेशमा मौरीपालनको लागी अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै मौरीपालन पेशा निक्कै सरल हुने हुँदा बर्तमान परिस्थितिमा धेरै कृषक मौरीपालमा इच्छुक रहेको पनि जनाए ।

मौरीपालनबाटै धेरै कृषकले आफ्ना दैनिकी चलाईरहेको र कयौँलाई रोजगारी समेत दिन सफल भएकोले मौरीपालनबाट मनग्य आम्दानी गर्न सकिने बताए ।

बेष्ट नेचर मल्टिप्रपोज प्रा.लिकी अध्यक्ष शान्ता भण्डारीले यस्ता तालिमले मौरीपालनमा चासो देखाउने कृषकहरुको लागि निकै सहयोग गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्ने बताइन् ।

गोदावारी मौरीपालन सहकारी संघका अध्यक्ष लक्ष्मी खरेलले प्रविधिको बिकाससंगै यसरी भर्चुल माध्यमबाट तालिम दिँदा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि निक्कै फलदायी हुने उल्लेख गर्दै आयोजक प्रति धन्यवाद ब्यक्त गरिन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ५ : ५२ बजे