१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

जनार्दन शर्मा नै पुनः अर्थमन्त्री हुने



काठमाडौं ।
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  १२ : ०९ बजे