३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

एमालेद्धारा महँगी र भ्रष्टाचारविरुद्ध प्रर्दशन



काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज सोमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।

एमालेको जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसद, पार्टीको केन्द्रीय विभागको सहभागिता छ ।

प्रदर्शनमा सहभागीहरूले विभिन्न ब्यानर, ग्यास सिलिन्डर बोकेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरूले परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ४ : ५३ बजे