२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

नागपञ्चमीको अवसरमा महाराजगञ्ज र कृष्णनगरले पनि दिए विदा



मायादेवी अनलाइन, बाणगंगा ।
नागपञ्चमीको अवसर पारेका कपिलवस्तुका कृष्णनगर नगरपालिका र महाराजगञ्ज नगरपालिकाले पनि सार्वजनिक विदा दिएका छन् ।

जिल्लाको पश्चिम-दक्षिण क्षेत्रमा रहेका यी नगरपालिका मधेसी समुदायको बाहुल्यता भएका नगरपालिका हुन् ।

महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले मंगलबार (आज) नाग पञ्चमीको अवसर पारेर पालिकामा सार्वजनिक विदा दिएका हुन् ।

जिल्लाका दक्षिण-पूर्वमा रहेका मायादेवी र शुद्धोधन गाउँपालिकाले पनि यसभन्दा अगाडी विदा दिएका थिए ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९ मंगलबार ००:००  ८ : ५२ बजे