मायादेवी अनलाइन, बाणगंगा ।
पब्लिक क्याम्पस संघ कपिलवस्तुले जिल्लाका सामुदायिक क्याम्पसहरुमा बढाएको मासिक र भर्ना शूल्क तुरुन्त फिर्ता लिन अनेरास्ववियू कपिलवस्तुले माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू जिल्ला कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल शूल्क वृद्धि फिर्ता लिन माग गरेको हो ।
पब्लिक क्याम्पस संघले गरेको शूल्क वृद्धिमा अनेरास्ववियूको गम्भीर असहमती रहेको भन्दै तत्काल बढेको शूल्क फिर्ता लिन संगठनले आग्रह गरेको अनेरास्ववियूका जिल्ला कमिटी सचिव कमल बेल्वासेले जानकारी दिनुभयो ।
अनेरास्ववियू कपिलवस्तुले भनेको छ, ‘शूल्क वृद्धि गर्नुपर्ने कारण पब्लिक क्याम्पस संघले पटक पटक बताउँदै आएको छ । क्याम्पसमा देखिएका आर्थिक समस्यासंग हाम्रो संगठन पनि जानकार नै छ । तर शूल्क वृद्धि गर्दैमा सबै समस्याको समाधान हुन्छ भन्ने होइन् । क्याम्पसमा देखिएका आर्थिक समस्या समाधानमा संघले सबै पक्षसंग छलफल र परामर्श गर्नुपर्छ । गाउँ–गाउँका सिंहदरबारका रुपमा लिइने स्थानीय सरकारसंग यी समस्या दर्शाउनुपर्छ । क्याम्पसले आन्तरिक स्रोत बजबुत बनाउनुपर्छ । तमाम विकल्प खोज्न नथाल्ने, एकोहोरो विद्यार्थीसंग शूल्क उठाएर क्याम्पसको आर्थिक समस्या टार्न खोज्ने मात्र विकल्प खोज्नु हाम्रो संगठनका लागि अमान्य छ ।’
अनेरास्ववियूले पब्लिक क्याम्पस संघले बढाएको शूल्क खारेज गरि वार्ता र छलफलबाट निकास खोज्ने सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ । अन्यथा यसलाई वेवास्था गर्न खोजेसंगठनले आगामी दिन संघर्षका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
पब्लिक क्याम्पस संघ कपिलवस्तुले हालै मात्र मासिक शूल्कमा ९ सय ७५ बाट बढाएको १५ पुर्याएको छ ।







प्रतिक्रिया