मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) विजयनगर गाउँपालिका कमिटीको अध्यक्षमा गीता मिश्र चयन भएकी छिन् ।
विहीबार भएको पालिकाको दोस्रो सम्मेलनबाट मिश्रको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।
पालिका कमिटीको उपाध्यक्षमा अमृता खड्का, सचिवमा निर्मला खनाल, सहसचिवमा कालमती चाप, कोषाध्यक्षमा सीमादेवी विश्वकर्मा र अन्य सदस्यमा रहेकी छिन् ।
सम्मेलनको उद्घाटन समारोहमा एमाले नेता तथा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, अनेमसंघकी जिल्ला अध्यक्ष चेतना अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया