२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाणगंगा-७ ले दियो १२ सय ३७ विद्यार्थीलाई शैक्षिक सामग्री



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले वडाभित्र रहेका १२ सय ३७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

लक्षित वर्गको कार्यक्रम अनुसार विद्यार्थीलाई पठनपाठनमा टेवा पुग्ने गरि एक कार्यक्रमका बीच वडाले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।

वडा भित्र रहेका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने १२ सय ३७ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ३/३ वटाका दरले ३७ सय ११ वटा कापि, प्रति विद्यार्थी १/१ वटाका दरले १२ सय ३७ वटा कलम प्रदान गरिएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिए ।

जसमध्ये जनचेतना आधारभुत विद्यालय बनगाईका ३ सय १२ जना, नवदुर्गा आधारभुत विद्यालय मोतिपुरडाँडाका ३ सय ९ जना र जनज्योती माध्यमिक विद्यालय मोतिपुरका ६ सय १६ जना विद्यार्थीहरुलाई वडा कार्यालयको लोगोसहित उक्त शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष गिरीले बताए ।

शैक्षिक सामग्री प्रदान गर्दै सामुदायिक विद्यलायमा विपन्न र आर्थिक स्तर कमजोर भएका विद्यार्थीको संख्या उल्लेख्य रहेकाले आर्थिक स्तर कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त शैक्षिक सामग्री प्रदान गरिएको उनले जनाए ।

यस्तै अघिल्लो महिनामा पनि ७ नम्बर वडाले वडा भित्रका ३ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरु मध्ये प्रत्येक कक्षाका २४ जना प्रथम विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप १/१ वटा झोला, ३/३ वटा कापि र कलम प्रदान गरेको थियो भने कक्षा १ देखि ८ सम्म मुख्य ५ विषय अध्यापन गराउने उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने २४ शिक्षकलाई १/१ वटा डायरी, कलम तथा दोसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष भएका गिरीले वडाको शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेका थिए । पुनः दोस्रो कार्यकालका लागि वडाध्यक्ष भएका गिरीको रोजाई शिक्षा क्षेत्र नै हुन थालेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९ आइतबार ००:००  ८ : ५७ बजे