मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका आयुर्वेदिक स्वास्थ्यकर्मी संगठित हुन थालेका छन् ।
पछिल्लो समय आयुर्वेदिक औषधि प्रयोगकर्ताको माग बढेसंगै यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दो छ ।
कपिलवस्तुमा रहेका आयुर्वेदिक स्वास्थ्यकर्मीले नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन गरि संगठित हुन थालेका हुन् ।
समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशनले रेखा शुक्ला अध्यक्ष रहेको नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा तेजबहादुर सोमै, सचिवमा हरिलाल उपाध्याय, कोषाध्यक्षमा शिवप्रकाश चौधरी रहेका छन् ।
यस्तै सदस्यहरुमा सुधाकर त्रिपाठी, कृष्णा न्यौपाने, शान्ता भण्डारी पोख्रेल, अनुपमा पराजुली सर्वसम्मत चयन भएको जनाइएको छ ।







प्रतिक्रिया