१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिहान उठ्ने बित्तिकै लसून खाए यस्ता छन् फाइदा



एजेन्सी ।
भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् ।

लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ ।

यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।

लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।

यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।

यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।

यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।

यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९ मंगलबार ००:००  १ : २६ बजे