८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले बुझायो प्रशासनमा ज्ञापनपत्र



मायादेवी अनलाइन, बाणगंगा ।
विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र बुझाएको छ ।

सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानीय तहले वेवास्ता गरेका कारण अव्यवस्थित र सुकुम्बासीहरुलाई विशेष चासो दिनुपर्ने र त्यसमा प्रशासनले सहकार्य गर्नुपर्ने भन्दै जनमोर्चाले ज्ञापनपत्र बुझाएको हो ।

यिनै माग राख्दै यसभन्दा अगाडी पार्टीले जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको नेता शसी सापकोटाले जनाए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा हालै गठित राष्ट्रिय भूमि आयोग सुकुम्बासी समस्या समाधान गर्न तम्तयार रहदा समेत स्थानीय तहले गर्नुपर्ने काममा ठिला सुस्ती गर्दा लालपुर्जा पाउने कामबाट बास्तविक सुकुम्बासी बन्चित रहेको, पछिल्लो समय राष्ट्र, राष्ट्रियतामाथि आघात पुग्ने कामहरु भएको महंगी, भष्ट्राचार र कालोबजारीले देशको विकासमै ठूलो असर परेर जनजिविकाको सवाल जटिल बन्दै गएको बताउँदै किसानलाई खेती लगाउने समयमा मल बीउँ राज्यबाट उपलब्ध नहुँदा देशमा खाद्यान्न उत्पादनमा ह्रास हुन गई खाद्य संकट पर्ने अवस्था बढ्दै गईरहेको लगायत उल्लेख छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९ बुधबार ००:००  ६ : ०२ बजे