१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बाणगंगामा युवा तथा किशोरकिशोरीको सवालमा बहस



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा युवा तथा किशोरकिशोरीको सवालमा बहस गरिएको छ ।

बहसमा गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी युवा तथा किशोरकिशोरीहरुको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउनुपर्नेमा जोड दिइएको छ ।

बाणगंगा नगरपालिकामा भएको युवा तथा किशोरकिशोरीहरुसंग जनप्रतिनिधि कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको भन्दै युवा ऊर्जालाई सदुपयोग नगरेसम्म देशमा विकास निर्माणको गति अगाडि बढ्न नसक्नेमा जोड दिए ।

नगरस्तरीय युवा सञ्जालसंगको सहकार्यमा पालिकामा रचनात्मक र सिर्जनात्मक कार्यहरु गर्दै जाने बताउँदै सकारात्मक कामका लागि सदैव सहकार्य हुने बताए । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको थियो ।

सोही अवसरमा बोल्दै नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीले बिस्तारै उच्च स्थनमा किशोरीहरुसंगै युवतीहरुको सहभागिता बढाएको भए पनि निर्णायक तहमा भने उल्लेख्निय रुपमा बढ्न नसकेको बताइन् । समुचित विकास र सुशासन कायमका लागि पनि युवा तथा किशोरकिशोरीहरुको सहभागी महत्वपूर्ण रहने उनले जनाइन् ।

कार्यक्रममा मेयर, उपमेयर, ११ वटै वडाका वडाअध्यक्ष सामु किशोरकिशोरीहरुले बिभिन्न सवालहरु उठाएका थिए ।

उनीहरुले नगरपालिकाले आर्थिक बर्ष युवा र किशोरकिशोरीहरुका लागि लिएका कार्यक्रम के के हुन ? बजेट कति बिनियोजन भएको छ ? पालिकाले कस्ता खालका युवा निति बनाउँदै छ ? लागुपदार्थ दुब्र्यसनी न्यूनिकरणमा लागि पालिकाले के काम गर्दै छ लगाएतका सवालहरु उठाएका थिए ।

युवा तथा किशोरकिशोरीहरुको बर्तमान अवस्थाका बारेमा सिद्धार्थ क्याम्पसका प्रध्यापक रोमकान्त घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ६ : ५५ बजे