२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

यी हुन् माओवादीका २१ सदस्यीय पदाधिकारी



काठमाडौँ ।

पार्टी महाधिवेशन भएको ८ महिनापछि नेकपा माओवादी केन्द्रले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए ।

दाहालको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत छन् ।

सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव भएको छ ।

यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाउने प्रस्ताव भएको एक नेताले जानकारी दिए । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए ।

प्रकाशित मिति : ४ भदौ २०७९ शनिबार ००:००  ४ : ४० बजे