१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एकीकृत समाजवादीमै फर्किइन् माधुरी अग्रहरी



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) की नेतृ माधुरी अग्रहरीले पार्टीमै सक्रिय हुने बताएकी छिन् ।

गत स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट कपिलवस्तुको मायादेवी गाउँपालिका उपाध्यक्षमा चुनाव लडेकी अग्रहरीले पाटीमै सक्रिय भएर लाग्ने बताएकी हुन् ।

हालै मात्र उनी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको चर्चा चलेको थियो ।

आइतबार पार्टीका मायादेवी गाउँपालिका अध्यक्ष रामनरेश कहार लगायतका नेताहरुसंगको छलफल पश्चात उनी एकीकृत समाजवादीबाट विचलित नहुने प्रतिवद्धता जनाएकी हुन् ।

माओवादी केन्द्र प्रवेशबारे उनले बाध्यताबस आफू फसेको प्रतिक्रिया दिएकी छिन् । नेताहरुसंग भेटघाट गर्ने गरी पुग्दा त्यहाँ आफूलाई अतिथि बनाएर टिका लगाउने काम भएको उनले बताएकी छिन् ।

त्यहाँ पार्टी प्रवेशका लागि आफू नगएको उनले दाबी गरिन् ।

मायादेवी गाउँपालिकाका इन्चार्ज फैजल खानले माधुरी अग्रहरी पार्टीमा सक्रिय भएर लाग्ने बताएका छन् ।

पार्टीका कुनै पनि कमिटीमा आवद्ध नभएकी अग्रहरी अब पार्टीमा सक्रिय भएर जनताको सेवामा लाग्ने मायादेवी अनलाइनलाई बताएकी छिन् ।

उनले गत स्थानीय तहको चुनावमा ३ हजार ३२ मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९ आइतबार ००:००  २ : ३० बजे