२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै



काठमाण्डौ ।

निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलका लागि दलहरु संगको छलफल सुरु भएको छ ।

आयोगले पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने तयारी गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९० दिन बाँकी छ । चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चित गर्न आयोगले आग्रह गरिसकेको छ । यस्तै, आयोगले चुनावका लागि कर्मचारीको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : ६ भदौ २०७९ सोमबार ००:००  १२ : १८ बजे