६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कोरोनाका कारण थप ३ जनाको ज्यान गयो, ४ सय ४४ जनामा सङ्क्रमण



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५४ जनाको नमुना परीक्षण गर्दा चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा तीन सय सात जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ रहेको छ ।

यसैबीच थप पाँच हजार पाँच सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९ बिहिबार ००:००  ६ : २१ बजे