२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कपिलवस्तुको मायादेवीमा दिनदहाडै गोली प्रहार



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा दिनदहाडै गोली प्रहार भएको छ । शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएको घटनास्थललाई उदृत गर्दै स्थानीयले बताएका छन् ।

गोली प्रहारबाट साविक बलुहवा गाविसका घुरहु पासी घाइते भएको स्थानीयले बताएका छन् ।

उनी माथि घरमै गोली प्रहार भएको जनाइएको छ ।

गाली प्रहार पश्चात पासी रम्ताम्य अवस्थामा ढलेको स्थानीयले देखेका थिए ।

घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा दिनदहाडै गोली प्रहारबाट एक जनाको ज्यान गयो

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ४ : २० बजे