५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा दिनदहाडै गोली प्रहार, एक जनाको ज्यान गयो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा शुक्रबार दिउँसो एक नचिनेको समूहबाट गोली प्रहार हुँदा एक व्यक्तिको ज्यान गएको छ ।

ज्यान जानेमा मायादेवी गाउँपालिका वडा नं. ६ का ५५ बर्षीय घुरहु पासी रहेका छन् ।

उनी माथि शुक्रबार आक्रमण भएको थियो ।

मायादेवी गाउँपालिका वडा नं. ५ को एक घरमा गोली प्रहार गरी अपरिचित व्यक्तिले उनको ज्यान लिएको जनाइएको छ ।

घटनास्थलमा कपिलवस्तु प्रहरीको टोली पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पासी माथि किन र के कारणले कसले ज्यान लिएको हो कारण पत्ता लाग्न सकेको छैन् ।

गोली लागेर ढलेका पासी रम्ताम्य अवस्थामा थिए । उनलाई स्थानीयले देखे पछि कपिलवस्तु अस्पताल तौलिहवा ल्याएका थिए ।

उनलाई अस्पतालले मृत घोषणा गरिसकेको स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस्…

कपिलवस्तुको मायादेवीमा दिनदहाडै गोली प्रहार

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ५ : ०० बजे