४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आसन्न निर्वाचनपछि मुलुक नयाँ कोर्षमा जान्छ : मन्त्री चौधरी



बुटवल ।

शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे ।

नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहनु भएको चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए। उनले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउदै संसददीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नु परेको बताए ।

शहरी विकास मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताए । उनले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पटक पटक बुटवलको बदनाम गरेको आरोप लगाउदै यो निर्वाचनबाट पौडेललाई पत्तासाफ गर्ने ठोकुवा गरे । पौडेल बालुवाटार प्रकरणदेखि विभिन्न गलत तत्वहरुसगँ साँठगाठ गरेको उनले बताए ।

रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउदै यो निर्वाचनबाट गठबन्धन बिजय हुने दाबी गरे ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री र उपाध्यक्ष तेजेन्द्र केसीको कार्यक्रम संचालनका सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७९ शनिबार ००:००  १२ : ३४ बजे