६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : रवि लामिछाने



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा(टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् ।

सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन् । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने,ुराजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।ु

उनले बा पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७९ शनिबार ००:००  ४ : २१ बजे