१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आज देशका धेरै नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाण्डौ ।

आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने तथा केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।

यस्तै, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, गोरखा जिल्लाका साना नदीमा पनि पानीको बहाव बढ्ने अनुामन गरिएको छ ।

यस्तै, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, पाल्पा, स्याङ्जा, पर्वत, म्याग्दी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, गुल्मी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, कालीकोट, बाजुरा, बझाङ आसपासका साना नदीमा पानीको सतह बढ्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज देशका धेरै नदीमा बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : १२ भदौ २०७९ आइतबार ००:००  १२ : ०३ बजे