४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घोराही–होलेरी, तुलसीपुर–सल्यान र घोराही–तुलसीपुर सडक ठप्प



दाङ ।

लगातारको वर्षाका कारण दाङको घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ ।

घोराहीको सेवार खोला र तुलसीपुर नजिक रहेको काला खोलामा आएको बाढीका कारण सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । पानी पर्न नरोकिएकाले पदैल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

नदी किनारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन प्रहरीको आग्रह छ । यसैबीच दाङको घोराहीदेखि रोल्पाको होलरी शहीद मार्ग पनि ठप्प छ । ठाउँ ठाउँमा खसेको लेदोसहितको पहिरोका कारण घोराही– होलेरी सडक अवरुद्ध भएको हो ।

यस्तै, राप्ती राजमार्गको दाङ–सल्यान सडक खण्ड पनि बन्द छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९ सोमबार ००:००  १२ : १९ बजे