१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २७ बर्षीय युवकको मृत्यु



रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन् ।

घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९ सोमबार ००:००  ४ : २८ बजे