१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

रुपन्देहीमा स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद



बुटवल ।

रुपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ अवैध रकम बरामद गरेको छ । बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्यबाट रकम बरामद गरेको हो ।

रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो ।

बरामद गरेको रकम सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९ सोमबार ००:००  ५ : ३६ बजे