२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

तीजको अवसरमा लुम्बिनी प्रदेशले दियो सार्वजनिक बिदा



बुटवल ।

हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेशले सार्वजनीक बिदा दिएको छ । महिलाहरुका लागि राष्ट्रिय बिदा भए पनि प्रदेशले पहिलो पटक तीजमा सबैका लागि बिदा दिएको हो ।

प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले चाडबाडमा पारिवारिक माहोलमा रमाउने वातावरण सिर्जना गर्न सार्वजनिक बिदा दिएको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ९ : ०५ बजे