२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

नेपालले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ : मन्त्री भुसाल



काठमाण्डौ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुली निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताउनुभएको छ ।

आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले देशले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । देशभित्रकै जलस्रोतबाट बिजुली उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । नेपालमा डलर खर्च गरेर विदेशबाट झन्डै तीन खर्ब रुपैयाँको डिजल र पट्रोल आयात हुने गरेको छ । उत्पादित बिजुलीको खपत बढाउने एउटा मात्रै माध्यम बिजुली गाडी हो । पछिल्लो एक वर्षमा बिजुली खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने सोचेजस्तो भएको छैन ।’

मन्त्री भुसालले रुस र युक्रेन युद्धका कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा सङ्कट भएको बताउनुभयो । विश्वका धेरै देशलाई डिजल र पेट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा त्यसको विकल्प बिजुलीबाट परिपूर्ति गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ४ : ०३ बजे