१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

देशभरको मनसुन सक्रिय : केही ठाउँमा ठूलो र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाण्डौ ।

मनसुनी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी पर्न थालेको छ । गएराति चितवन, मकवानपुर, महोत्तरी, कास्की, सुनसरी, तनहुँ लगायतका जिल्लामा ठूलो वर्षा भएको छ ।

महोत्तरीमा अहिले पनि ठूलो पानी परिरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय प्रणाली पूर्वदेखि पश्चिमतर्फ सर्दैछ । यसकै प्रभावका कारण पानी परेको हो । बिहान काठमाण्डौसहित केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो । अहिले पानी पर्न रोकिए पनि दिउँसो फेरि वर्षा हुने अनुमान गरिएको छ ।

आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार भोलि र पसि पनि पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९ बुधबार ००:००  ७ : ३१ बजे