१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

६ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड



चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

सडक खुलेसँगै बीच बाटोमै अलपत्र परेका सवारीसाधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । वर्षासँगै झरेको लेदो तथा पहिरोले केराबारीमा पटक(पटक सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७९ बुधबार ००:००  ११ : ४२ बजे