१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बड्की आइतवारीः कपिलवस्तुुका यी पालिकाले दिए स्थानीय बिदा



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुका विभिन्न पालिकाले आउँदो आइतबार स्थानीय बिदा दिएका छन् । थारु समुदायले मनाउने बड्की आइतबारी पर्वको अवसरमा यी पालिकाले स्थानीय बिदा दिएका हुन् ।

जिल्लाको वाणगंगा नगरपालिका, शिवराज नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबार स्थानीय बिदा दिने जनाएका हुन् । शुक्रबार साझसम्म ४ वटा पालिकाले स्थानीय बिदा दिएका छन् । जिल्लामा १० वटा पालिका रहेका छन् ।

बड्की आइतबारी पर्व विशेष गरी थारु समुदायले मनाउने पर्व हो । साथै सो पर्वका अवसरमा ति पालिकाले सम्पूर्ण थारु समुदायमा शुभकामना पनि ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७९ शुक्रबार ००:००  ५ : २६ बजे