१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

हिस्टुनको नगर अधिवेशन, खबरदारी र संघर्षलाई अगाडी बढाउनुपर्नेमा जोड



कपिलवस्तु ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष डिबी रेश्मीले आफूहरु आन्दोलनको मोर्चामै रहेको भन्दै निरन्तर खबरदारी र संघर्षलाई अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।

साबिकको उच्च मावि तह दरबन्दी र राहत अनुदान कोटामा कार्यरत वाणगंगा नगरपालिका भित्रका शिक्षकहरु सहभागी भेलामा बोल्दै वरिष्ठ उपाध्यक्ष रेश्मीले उच्च मावि दरबन्दी र राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुको सवालमा राष्ट्रिय मुद्धाहरु र स्थानीय अभ्यासका विषयमा चर्चा गर्नुभएको थियो ।

वाणगंगा भित्रका शिक्षकहरुको उपस्थितिमा सम्पन्न भेलाले विष्णु आचार्यको अध्यक्षतामा सात सदस्यीय नगर कार्य समिति समेत चयन गरेको छ ।

नव निर्वाचित नगर कार्य समितिको उपाध्यक्षमा लेखा शर्मा, सचिवमा मोहन अर्याल, कोषाध्यक्षमा मनोज खत्री रहनु भएको छ । निवर्तमान अध्यक्ष उमेश कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले नव निर्वाचित कार्य समितिले अगामी कार्ययोजना निर्माण गर्दा रचनात्मक र संघर्ष दुवै कार्यक्रमलार्इ अगाडि बढाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९ शुक्रबार ००:००  ५ : ३३ बजे