७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड, भेटियो यस्तो पत्र



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसको दुई वटा बसमा तोडफोड भएको छ ।

क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बसमाथि तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ ।

बस तोडफोड भएकै ठाउँमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ । जसमा सिद्धार्थ क्याम्पसलाई जनकारवाही गराइएको जनाइएको छ ।

पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भीर नभएको, पब्लिक क्याम्पस संघले बढाएको शूल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलन विरुद्ध गतिविधि गरेको, विद्यार्थीका माग पुरा गर्न लगाएको ताला तोडिएको, विद्यार्थीको जायज माग पुरा गर्न छोडेर मुठ्ठीभरका ब्यक्ति बाकेर हिडेको उल्लेख गरिएको छ ।

यसैगरी आफ्ना माग पुरा नगरे थप शैक्षिक हड्तालसहित जनकारवाही गर्ने जनाइएको छ ।

यता क्याम्पस प्रमुख खेमराज शर्माले बस तोडफोड भएको स्थानमा प्रहरी आएर अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

उहाँले यसले शैक्षिक क्षेत्र जस्तो संवेदनशील पक्षमा विद्यार्थीहरुलाई पठनपाठनमा ठूलो नोक्सानी भएको बताउनुभएको छ ।

तोडफोड भएको स्थानमा भेटिएको पत्र

प्रकाशित मिति : २० भदौ २०७९ सोमबार ००:००  ८ : ३२ बजे