२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

एमाले भित्र दलाली प्रथा हावी भयोः महादेव पोख्रेल



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) शिवराज नगर कमिटीका उपाध्यक्ष महादेव पोख्रेलले पार्टी भित्र दलाली प्रथा बढेको भन्दै असन्तुष्टि जायर गरेका छन् ।

सोमबार सामाजिक सन्जालमा एक स्टाटस लेख्दै नेता पोख्रेलले पार्टी भित्र दलाली प्रथा हावी भएको बताएका हुन् ।

पोख्रेल गत स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

कम मतान्तरले मेयरमा पराजित भएका पोख्रेललाई पार्टी भित्रैबाट अन्तरघात गरी हराइएको उनी समर्थित कार्यकर्ताको ठहर छ ।

आसन्न निर्वाचनमा आफ्नो विरुद्धमा लाग्नेहरुलाई पार्टीले टिकट दिएको भन्दै नेता पोख्रेलले असन्तृष्टि जायर गरेका हुन् ।

आसन्न निर्वाचनमा आफूलाई हराउन लाग्नेहरुलाई पार्टीले टिकट दिन थालेको भन्दै नेता पोख्रेलले असन्तृष्टि जायर गरेका हुन् ।

एमालेले प्रतिनिधिसभा ३ मा मंगल प्रसाद गुप्ता र टोपलाल पोख्रेलको नाम सिफारिस गरेको छ । प्रदेश ‘क’ तर्फ एकल रुपमा एमाले कपिलवस्तु उप-सचिव अर्जुन कुमार केसी र प्रदेश ‘ख’ मा मिर्जा राशिद बेग, रजाउ रहमान खान, कृष्ण भण्डारी, मेहताब आलम खान, मोहम्मद मुस्तफाको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९ सोमबार ००:००  ६ : ३७ बजे