२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

सरोकारवालाको एउटै स्वरः समाज रुपान्तरणमा सिद्धार्थको भूमिका महत्वपूर्ण



अनिश बन्जाडे, जितपुर ।

समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् । सिद्धार्थले समाज रुपान्तरणमा गरेको प्रयासमा सबै निकायबाट साथ र सहयोग हुनुपर्नेमा उनिहरुले जोड दिएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सिद्धार्थ सामाजिक विकास केन्द्र समाज रुपान्तरणको संबाहक भएको बताउनुभयो ।

शुक्रबार सिद्धार्थ सामाजिक बिकास केन्द्रले गरेको बार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गदै आचार्यले यस्तो बताउनुभएको हो । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायत समाजका रहेका हरेक क्षेत्रको उजागर गर्दै समय र देशको माग अनुसार संस्थाले काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

यस्तै वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारुले समाज सँगै मानवीय जीवनमा परिवर्तन ल्याउन संस्थाले पुलको काम गरेको बताउनुभयो । सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु गरेको यात्राले आफुलाई यहाँ सम्म ल्याउन सहयोग गरेको बताउदै सिद्धार्थले समाज परिवर्तनमा अग्रहणी भुमिका खेलेको बताउनुभयो ।

नगरका प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले सामाजिक सुशासन र सामाजिक विकासको आयाममा संस्थाले गरेको प्रयास प्रशंसनिय रहेको बताउदै आगामी दिनमा पनि संस्थाले यस्ता खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै मायादेवी गाँउपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र यादवले संस्थाले पिछडीएका व्यक्तिहरुलाई अगाडी ल्याउन मद्दत गरेको भन्दै संस्थाले मायादेवी गाउँपालिकामा गरेको कार्यक्रमले समुदाय स्तरमा सकरात्मक प्रभाव परेको बताउनु भयो ।

महिला अधिकारकर्मी पुष्पा रेग्मीले सिद्धार्थले विशेष गरि महिला, बालबालिका तथा किशोर किशोरीहरुको नेतृत्व संगै व्यक्तित्व विकासमा जोड दिएको बताउनु भयो ।

संस्थाका सचिव हरिलाल शर्माले कार्यपत्र प्रस्तुत गर्दै गरेका कार्यक्रम तथा गतिविधिबारे प्रष्ट पार्नुभएको थियो । यस्तै लुम्बिनी प्रदेशमा कार्यक्षेत्र रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रले ८ करोड बराबरको बजेट सार्बजनिक गरेको थियो ।

सोही अवसरमा सिद्धार्थ सामाजिक बिकास केन्द्रको मातहतमा सन्चालित ५ वटा कार्यक्रमको बारेमा कार्यप्रगति प्रस्तुत गरिएको थियो । जसअन्तर्गत संस्थाको मातहतमा रहेर सन्चालित सिड्स कार्यक्रमको उदेश्य, कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा सोही परियोजनाका संयोजक आर.टी खानले प्रस्तुतकिरण दिनुभएको थियो ।

सिड्स कार्यक्रम बिशेषगरी बाणगंगा नगरपालिकाको वडा नम्बर ३, १० र ११ गरि ३ वटा वडामा सन्चालन गरिएको संयोजक खानले बताउनुभयो । नगरका तिनवटा वडाका करिब १५ सय घरधुरि सो कार्यक्रम मार्फत लाभान्वित भएको बताउँदै कार्यक्रमको मुख्य उदेश्य गरिबी निवारण गर्नु रहेको बताउनुभयो ।
यस्तै समुदायस्तरमा संचालित किशोरकिशोरी लक्षित रुपान्तरण कार्यक्रमका बारेमा सामाजिक परिचालक करुण बरुणले प्रकाश पार्नुभएको थियो ।

कोभिड १९ प्रतिकार्य कार्यक्रमको बिषयमा सो्रत ब्यक्ति नारायण घिमिरेले जानकारी गराउनुभएको थियो भने उहाले कोभिड १९ को नियन्त्रणमा गरेका कामको बारे प्रष्ट पार्नुभएको थियो । यसैगरी युवा तथा किशोरकिशोरी लक्षिते कार्यक्रमको समग्र क्रियाकलापको बिषयमा रामनारायण शाहले अवगत गराउनु भएको थियो । यता स्थानिय अधिकार कार्यक्रम फोकल पर्सन दुर्गा अर्यालले शिक्षा, महिला अधिकार विपद व्यवस्थापन र आयआर्जन लगायतको क्षेत्रमा गरेको कामबारे जानकारी गराउनुभएको थियो ।

यता किशोरीहरुले संस्थाले मधेसी समुदायका किशोरीहरुको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, वडा नम्बर ३, १० र ११ का वडा अध्यक्ष, नगरका शिक्षा शाखा प्रमुख खिमबाहदुर जीसी, विभिन्न संघ संस्थाका अध्यक्ष, टोलविकास संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

ठाकुरापुरमा अवस्थित पिस हिमालय रिसोर्टको सभाहलमा कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षता, संस्थाका कार्यसमिति सदस्य चेतना अधिकारीको स्वागत र सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिब हरिलाल शर्माको संचालनमा भएको थियो ।

२०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडी परेका तथा पारिएका समुदाय गरिव, विपन्न, महिला, युवा, बालबालिका तथा सिमान्तकृत वर्गको अधिकार र चेतनाका लागि संगठन चेतना अभिवृद्धि र सशतिmकरण रुपान्तरणमा जोड दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९ शुक्रबार ००:००  ७ : ०९ बजे