१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लोसपा कपिलवस्तुबाट प्रतिनिधिसभा-१ को ‘ख’ मा मधुसुदनको नाम सिफारिस



मायादेवी अनलाइन, बाणगंगा ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कपिलवस्तुले प्रतिनिधिसभा-१ को प्रदेशसभा ‘ख’मा मधुसुदनको नाम सिफारिस गरेको छ ।

यस क्षेत्रका लोकप्रिय नेता चौधरी गत ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रदेशसभाको उम्मेद्वार बनेका थिए ।

मधेस केन्द्रीत राजनीति गर्दै आएका ठूला नेताहरु ठूला दलमा प्रवेश गरेसंगै जिल्लामा मधेस केन्द्रीत दल कमजोर छन् ।

यद्यपि महन्थ ठाकुरको नेतृत्वमा रहेको लोसपा जिल्लाको यो क्षेत्रमा बलियो छ ।

लोसपाबाट गत बैशाख ३० को स्थानीय तहको निर्वाचनमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कमलेशशरण चौधरीले चुनाव जितेका थिए ।

जिल्लामा लोसपाको प्रभाव रहेको क्षेत्र कपिलवस्तु प्रतिनिधिसभा-३ को प्रदेशसभा ‘क’ पनि रहेको छ । त्यहाँ लोसपाका केन्द्रीय नेता रविदत्त मिश्र रहेका छन् । मिश्र पनि आसन्न मंसीर ४ को निर्वाचनमा प्रदेशसभामा चुनाव लड्ने तयारीमा छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९ आइतबार ००:००  १० : ०८ बजे