४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

फूलबारी सामुदायिक वनको २० औँ साधारण सभा सम्पन्न



बाबुराम रायमाझी, भलवाड ।

फूलबारी सामुदायिक वन उपभोक्ता समूहले २० औ वार्षिक साधारण सभा बाणगंगा ७ को सभा हल मोतिपुरमा सम्पन्न गरेको छ ।

सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष जयलाल गिरीले प्रस्तुत गरेका थिए । साथै चालु आर्थिक बर्ष २०७९/८० का लागि ५ करोड १४ लाख बराबरको अनुमानित लोकप्रिय बजेट पेश गदै वन उपभोक्ता समूहबाट अति विपन्न वन उपभोक्ता परिवारलाई ५ वटा घर निर्माण गरिने, आयआर्जनका लागी सहुलियत ऋण प्रदान, एम्बुलेन्स खरीद गर्ने, चिकित्सकद्धारा स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएका थिए ।

कोषाध्यक्ष अम्वर बहादुर गुरुङगले आर्थिक वर्ष ०७८/२०७९ को कुल २ करोड ४६ लाख बराबरको आय–व्यय सार्वजनिक गरेका थिए भने लेखा समिति सदस्य पुष्पा थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रमका बोल्दै कार्यक्रक्रमका प्रमुख अतिथी तथा सब डिभिजन वन कार्यालय मोतिपुरका सहायक वन अधिकृत विष्णु प्रसाद लामिछानेले फूलबारी सामुदायिक वनको डकुमेन्ट्री प्रस्तुत गर्दै वनको दिगो संरक्षण र सम्बर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताएका थिए ।

कार्यक्रममा पूर्व गाविस अध्यक्ष तथा जनज्योति मावि मोतिपुर विधालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रज्योति गिरी, वडाध्यक्ष विष्णु गिरी, पत्रकार बाबुराम रायमाझी, मोतिपुर खानेपानी उपभोक्ता समिति अध्यक्ष शेषकान्त वेल्वासे, वडा सदस्य हरि शंकर पौडेल, जनसेवा कृषि सहकारीका अध्यक्ष टोप बहादुर थापा,मोतिपुर प्रगती युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपाने लगायतले आ –आफनो धारणा राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

३ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ५ सय ३० घर आवद्ध रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९ बुधबार ००:००  १ : ३९ बजे