१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चक्र अर्याल लुम्बिनी प्रदेशको नगरपालिका संघको सह-संयोजकमा चयन



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको सह-संयोजकमा कपिलवस्तुका चक्र अर्याल चयन भएका छन् ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख अर्याल नगरपालिका संघको प्रदेश सह-संयोजक भएका हुन् ।

संयोजकमा भने रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध चयन भएका छन् । पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति हुन् ।

बिहीबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

जनप्रतिनिधिहरूले संघलाई प्रदेशका सबै नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी सहमतिमा कार्यसमिति चयन गर्ने नीति बनाएका छन् ।

यसअघि नगरपालिका संघको संयोजकमा बुटवल उपमहानगरपालिकाका प्रमुखमा शिवराज सुवेदी थिए । नगरपालिका संघमा लुम्बिनी प्रदेशमा पहिलो हुने पार्टीले संयोजक र दोस्रो दलले सहसंयोजक लिने व्यवस्था छ ।

भेलाले माओवादी केन्द्र, जसपा, जनमोर्चालगायत दललाई सदस्य दिएको र १५ सदस्यीय संघ बनेको पूर्वसंयोजक सुवेदीले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ९ : १९ बजे