४ असार २०८२, बुधबार | Wed Jun 18 2025

संविधान दिवसको अवसरमा कपिलवस्तुमा बृहत रक्तदानः ७४ प्वाइन्ट रगत संकलन




मायादेवी अनलाइन, जितपुर ।

संविधान दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम सम्पन्न गरिएको थियो ।

यसैबीच संविधान दिवसको अबसर पारेर कपिलवस्तुमा रक्तदान कार्यक्रम गरिएको छ । नियमित रक्तदाता संघ कपिलवस्तुको आयोजना तथा नगर स्तरीय विभिन्न क्लवहरुको सहआयोजनामा सिएण्डसि अस्पतालमा बृहत रक्तदान कार्यक्रम गरिएको हो ।

बृहत रक्तदान कार्यक्रमबाट ७४ प्वाइन्ट रगत संकलन भएको नियमित रक्तदाता संघ कपिलवस्तुका सचिव रामु न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगङ्गा नगर उपप्रमुख रिता थारुले रक्तदान नै जीवनदान भएकाले रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रम नेपाल नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भन्डारीको विशिष्ट आतिथ्यता, मानव अधिकार तथा शान्ती समाज अध्यक्ष गोबिन्द पोख्रेल, बाणगङ्गा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि, उद्योग ब्यापार संघ कपिलवस्तुका बरिस्ठ उपाध्यक्ष खिमानन्द पौडेल कोपिल, लायन्स क्लब अफ बाणगङ्गाका अध्यक्ष रमेश चन्द्र भुसाल, सिद्धिपुर युथ सोसाइटी का अध्यक्ष सुवास पान्डे लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

नियमित रक्तदाता संघ कपिलवस्तुका अध्यक्ष माधब घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको संंचालन नब प्रभात युवा क्लबका अध्यक्ष मिलन चालिसेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  ७ : २७ बजे