४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आठ महिनादेखि बुुवाआमा बेपत्ता, छोराछोरीको बिचल्ली



कपिलवस्तु ।

आठ महिनादेखि बुुवाआमा बेपत्ता भएपछि छोराछोरीको बिचल्ली भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ रमवादहवा बस्ने ४५ वर्षिय ढिकरु थारु र उनकी श्रीमती ४० वर्ष की शिव रतनी थारु हराएपछि उनीहरुका छोराछोरी बिचल्लीमा परेका हुन् । थारु दम्पती २०७८ माघ ९ गते दाङ जान्छु भनेर घरबाट हिडेका थिए । दुबै जना बोल्न नसक्ने थिए । थारु दम्पती हराउदा उनका छोराछोरीलाई खान लगाउन समेत समस्या भएको छ ।

उक्त दम्पत्तीका ३ छोरी र एक छोरा रहेका छन् । १७ बर्षीय रामकली थारु, १३ बर्षीय सिता थारु, ८ बर्षीय अस्मीता थारु र बर्ष ६ का छोरा सुवास थारु अहिले समस्यामा रहेका छन् । माँइली छोरी सितालाई लिनका लागि दाङ हिडेका दुवै जना अझैसम्म वेपत्ता छन् ।

घरबाट हिडेका उनीहरु न दाङ पुगे न घर नै फर्किए । बुवाआमा आउछन भन्ने आस गरेको पनि ८ महिना पुग्नै लागेको अहिलेसम्म अतोपत्तो नहुदा छोराछोरीलाई चिन्ताले सताएको छ । बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका १ सोनपुरमा रहेको मावली हजुराबुवा हरि प्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरि प्रसाद आफैँ विरामी परिरहन्छन् ।
हरी प्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताउनुभयो । छोरी ज्वाईलाई धेरै खोज्ने प्रयास गरे कहि कतै नभेटिएको थारुले बताउनुभयो ।

आफनो बुवाआमालाई खोजी गरिदिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठुली छोरी रामकली थारुले बताउनुभयो ।

यता वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिल जंग शाहीले हराएको थाहा पाउन साथ खोजीकार्य जारी राखेको बताउनुभयो । सन्चार मार्फत सबै ठाउँमा दुवै जनाको हुलिया सहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक शाहीले भन्नुभयो “अहिलेसम्म कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउछौे ।”

प्रकाशित मिति : ४ आश्विन २०७९ मंगलबार ००:००  ९ : ०० बजे