१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा एक लाख बराबरको काठ बरामद



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा प्रहरीले एक लाख बराबरको काठ बरामद गरेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका छपिया पूर्वडिहीस्थित सब डिभिजन वन कार्यालय पटना र प्रहरी चौकी बगदीको संयुक्त प्रयासले ठूलो मात्रामा काठ बरामद गरेको हो ।

उक्त टोलीले शिव पुजन केवटको मुन्ना फर्निचरमा लु १ त ५६१३ नं को ट्रयाक्टरमा लोड गरेको अवस्थामा काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।

सालको ५ वटा गोलीया अन्दाजी ४० क्यु फिट रहेको उक्त काठको मुल्य एक लाख बराबरको रहेको र ट्रयाक्टर सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कपिलवस्तु पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ३ : ११ बजे