१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

१३ औँ कपिलवस्तु महोत्सव मंसिर १९ गतेबाट सुरु हुने



मायादेवी अनलाइन, जितपुर ।

१३ औं कपिलवस्तु महोत्सव यही मंसिर १९ गतेदेखि हुने भएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा हुने १३ औं कपिलवस्तु महोत्सव मंसिर १९ गतेबाट सुरु गर्ने गत मंगलबार बसेको बैठकले निर्णय गरेको हो ।

महोत्सव मंसिर १९ गतेबाट पुस २ गतेसम्म बाणगंगाको बुद्धरगंशालामा हुने बताइएको छ । महोत्सवका संचालनका लागि प्रस्तावना लेखनदेखि अन्य समिति गठनको तयारी रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

यस पटकको महोत्सव हालसम्म आयोजना भएका महोत्सव भन्दा फरक र पृथक हुने उनले बताए । महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने अध्यक्ष घिमिरेले बताए ।

यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । प्रतिकुल वातावरणमा १२ औं कपिलवस्तु महोत्सव संचालन गरिएको उनले बताए ।

विगतको महोत्सवमा अपेक्षाकृत लक्ष्य हासिल नभए पनि अब भने हासिल हुने उनले दाबी गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ६ : ३६ बजे