६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुमा बलेरो र बाइक ठोक्किँए, एक जनाको ज्यान गयो



मायादेवी अनलाइन, बाणगंगा ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा शनिबार विहान पिकअप बलेरो र मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालकको निधन भएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको बा.प्र.०१÷०२५ च ९२४४ नम्बरको वलेरो र विपरित दिशाबाट आइरहेको लु. ५७ प ५८०३ नम्बरको मोटरसाइल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा बाइक चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल शाहीले जानकारी दिनुभयो । बलेरो र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  १० : २८ बजे