४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

कपिलवस्तुको बुद्धभूमिमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, ३१ जना घाइते



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । मृतक महिलाको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले मायादेवीलाई जानकारी दिनुभयो । दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भैरहेको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमामा शनिबार दिउसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

काठमाण्डौबाट दाङ जादै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनाका कारण केहिबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो भने अहिले उक्त सडक खुलाइएको छ । दुर्घटनाको क्षेत्र घुम्ती भएको र एकआपसमा बस र ट्रक जुधेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ५ : १७ बजे